काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा विक्री हुने भएको छ ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्थाले पुस ९ गतेभित्र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को केन्द्रीय कार्यालय साथै नेपाल एसबिआई बैंकको शाखा कार्यालयहरुमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।
लिलामी शेयरमा आवेदन दिनको लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य रू. १ हजार ४९५ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस