aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सोल्टी होटलको लाभांश बुकिङ गर्ने मङ्गलबार अन्तिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
सोल्टी होटलको लाभांश बुकिङ गर्ने मङ्गलबार अन्तिम

काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने मङ्गलबार अन्तिम दिन रहेको छ । होटलले यस वर्ष १५ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजन सहित ११ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

सो प्रस्ताव पारितका लागि बोलाएको पौष २४ गते होटलले वार्षिक साधारण सभा बोलाएको छ । सो सभा र लाभांश प्रयोजनका लागि होटलले मंसिर २५ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर २४ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो । 

सभा नेपाल पज्ञा भवन, कमलादी, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । बुक क्लोजको आधारमा मंसिर २४ गतेसम्म कायम सदस्यहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन । होटलले हाल कायम चुक्तापूँजी  ७३ करोड २६ लाख ७५ हजार रुपैयाँको आधारमा लाभांश दिन लागेको हो । चालू आवको पहिलो त्रैमासमा होटलले  २ करोड ९५ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस