
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको साधारण सभा पुस १५ गते हुने भएको छ । उक्त प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि १५ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको निर्माण कार्य अझै भइरहेको र गत कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेकाले हाल कम्पनीको कुनै आय नभएकाले मुनाफा नदिने भएको छ ।
प्रतिक्रिया दिनुहोस