aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतको शेयर बजारमा ६,००० करोडको फर्जि कारोबार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
भारतको शेयर बजारमा ६,००० करोडको फर्जि कारोबार पक्राउ

एजेन्सी । भारतको ट्याक्स इन्भेष्टिगेसन टिमले देशभरी फैलिएका शेयर ब्रोकरसँग मिलेर कालोधनलाई सम्पत्ति शुद्धिकरण गर्ने  गिरोहलाई पक्राउ गरेको छ । शेयरबजारमा फर्जि कारोबार गराएर कालोधनलाई सम्पत्ति शुद्धिकरण गर्न  ग्राहकसँग कारोबार गर्ने र घाटा वा  नाफा दुबैमा कालोधन प्रयोग गरि सम्पत्ति शुद्धिकरण गर्ने गरेको सुराकका आधारमा देशभरबाट करिब ६००० करोड भारु बराबरको फर्जि कारोबार पक्राउ गरेको छ । 

भारतीय ट्याक्स अधिकारका अनुसार यो घटनाबाट देशका ठूला ठूला यस्तो  अड्डा भएको  सूचना पाएको र  अब चडौं नै सबैको पर्दाफास हुने भारतीय पत्रिका इण्डिया टूडेलाई जनाएको छ । ट्याक्स अधिकारीहरुले दिल्ली, नोइडा, गुरुग्राम,गाजियावाद,मुम्बइ, कानपुर, कोलकात्तामा जस्तो ३९ स्थानमा रहेका ब्रोकर कार्यालयमा छापा मारेको जनाइको छ ।  

साधारण रुपमा सर्वसाधारणले वेचेको  शेयर उसले पैसा पाउछ र जसले शेयर खरिद गरेको  हुन्छ यसले शेयर पाउनछ तर, यहा यस्तो हुदो रहेनछ, यहा शेयर बेच्नले बेचे पनि शेयर खरिद गर्ने वालाको नाम फर्जि राखिन्छ  शेयर बजारमा डेरिभेटिभका रुपमा यो शेयरलाई  ब्रोकरले कालोधनवालाहरुसँग फ्यूचर ट्रेडिङ गराइन्छ । शेयर बजारमा सपनाको कारोबार गराइन्छ शेयर हस्तान्तरण नगराइ हावामा कन्ट्रयाक्ट मात्र कारोबार गाराइ कालोधनलाई शुद्धिकरण गर्ने काम गरिन्थ्यो । 

भारतामा अहिले पनि ९७.५ प्रतिशत शेयर बजारको कारोबारमा नगद नै लेनदेन गर्ने गरेको छ भने २ं.५ प्रतिशतमात्र चेक वा अन्य डिजिटल प्रविधिबाट कारोबार हुने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस