aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बल्ल–बल्ल साधारणसभा गर्न लागेको श्रीराम सुगर मिल्सले लगानीकर्तालाई लाभांश देला !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
बल्ल–बल्ल साधारणसभा गर्न लागेको श्रीराम सुगर मिल्सले लगानीकर्तालाई लाभांश देला !

काठमाडौं, वैशाख २३ । नेपाल धितोपत्र बोर्डले लामो समयसम्म साधारणसभा गर्न रोकेको श्रीराम सुगर मिल्सको बल्लतल्ल आगामी वैशाख ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विहान ११ बजे बोलाइएको साधारणभामा कम्पनीले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव भने एजेन्डामा राखेको छैन ।

 उक्त सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने कार्यक्रम तय भएको छ । साथै संस्थापक शेयरधनीबाट नियुक्त गरिएको एक जना सञ्चालकको अनुमोदन र एक स्वतन्त्र सञ्चालक नियुक्त गर्ने एजेन्डामा राखेको छ । 

१ः३को अनुपातमा हकप्रद शेयरका निष्कासनका लागि धितोपत्र बोर्ड पुगेको करिब एक वर्ष हुन लागेको छ । तर, हकप्रद निष्कासनको लागि कागजपत्र नपुर्योएकाले बोर्डले हकप्रदको अनुमति दिएको छैन । कम्पनीले गर्न लागेको साधारणसभामा के प्रस्ताव लैजान्छ र लगानीकर्तालाई के दिन्छ भन्ने लगानीकर्ताको चासो रहेको एक लगानीकर्ताले बताए । 

प्रतिक्रिया दिनुहोस