aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुजुकी गाडी धनीलाई खुशीको खबर, ६ दिन निःशुल्क सर्भिस क्याम्प बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ मंसिर २०७६
सुजुकी गाडी धनीलाई खुशीको खबर, ६ दिन निःशुल्क सर्भिस क्याम्प बस्दै

काठमाडौं । सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प शुरु भएको छ । 

सर्भिस क्याम्प अवधिमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’ निःशुल्क गरिनेछ भने ‘थ्रि डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । साथै, स्पेयर पार्टस्, इन्जिन आयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइनेछ । निःशुल्क सर्भिस क्याम्प आउँदो मंसिर ३० गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।

डल्लू कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधासम्पन्न सर्भिस सेन्टर हो । यहाँ अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टमसमेत रहेको कम्पनीको दावी छ । २३ हजार तीन सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता क्षमता छ । 
 

प्रतिक्रिया दिनुहोस