aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रम ओलीले दिनदिनै कुलमानलाई के सोध्छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ मंसिर २०७६
प्रम ओलीले दिनदिनै कुलमानलाई के सोध्छन् ?

काठमाडौँ । स्वास्थ्यका कारण आराम गरिरहेका प्रधानमन्त्री अहिले के गर्दै होलान् ? मुलुकको विकास र समृद्दीलाई एकमात्र नारा बनाएका उनी राष्ट्रिय गौरबका बहु प्रतिष्ठित आयोजनाबारे कत्तिको चिन्तित छन् ?  यो प्रश्नको जवाफ फेटिएको छ ।   

देशमा संचालित ठुला आयोजनाको दैनिक रुपमा प्रधानमन्त्री केपी ओलीले प्रगति विवरण हेरिरहेका हुन्छन् भन्ने कुराको खुलासा बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गरेका छन् । घिसिङ्गका अनुसार प्रधानमन्त्रिले हरेक दिन उपल्लो तामाकोशीमा आज कति काम भयो भनेर बुझ्ने गर्छन् । उनले भने, ' प्रधानमन्त्रीको चासो यती धेरै छ कि उहाँले हरेक दिन आज के भयो भनेर सोध्नुहुन्छ अनि हामी 'यती मिटर जडानको काम भयो' भनेर जवाफ दिन्छौं ।' उनले अगाडी थपे, 'मिटर मिटरको हिसाब लिएर प्रधानमन्त्री समेत बस्नु भएको छ । माथिल्लो तामाकोशी हाम्रो लागि अत्यन्त महत्वको आयोजना हो ।'

पर्यावरणीय दृष्टिकोणले जलबिधुत आयोजनाको महत्व धेरै हुने कुरामा घिसिङ्गले जोड दिएका थिए । घिसिङ्गको भनाइ थियो, 'यदि हामी कार्वन उत्सर्जनमा साँच्चै नै गम्भीर छौं भने जलबिधुतको प्रयोगलाई  उर्जा आपूर्तिको प्रमुख स्रोतका रुपमा स्विकार्नु पर्छ । खाना पकाउन देखि गाडी कुदाउन सम्म, तातो पार्न देखि चिसो बनाउनसम्म सबै काममा  बिधुतको प्रयोग बढाउनु पर्छ ।'

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अस्ट्रेलियन दुताबासका उपप्रमुख मत्थिअस रादोस्ज्तिच्सले नेपालको जलबिधुतले जलबायु परिवर्तनको समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बिश्वास व्यक्त गरे । उनले अस्ट्रेलियाले आफ्नो कुल उर्जा खपतको ६० प्रतिशत जलबिधुतबाट पुरा गर्दै आएको उदाहरण पेश गर्दै नेपालले त्यो भन्दा बढी गर्न सक्ने कुरामा जोड दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस