aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रभु इन्स्योरेन्सकाे १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
प्रभु इन्स्योरेन्सकाे १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको बिहिवार अपरान्ह बसेको ३७८ औं बैठकले कूल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

आगामी २४ औं साधारणसभाको प्रस्तावको रुपमा ११ दशमलव ३२ प्रतिशत नगद र चुक्ता पुँजिको ५ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएकाे छ । 

कम्पनीले लाभांश सहितको वित्तीय विवरण बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ । बीमा समितिबाट स्वीकृत तथा आगामी साधारणसभाबाट पारित भएपश्चात मात्रै उक्त लाभांश सेयरधनीहरुको लागि वितरण गरिनेछ । कम्पनीले बुक क्लोज मिति पछि तय गर्नेछ ।

बीमा कम्पनीहरुको साधारणसभा र लेखा परिक्षण बीमाङ्कीय मूल्याङ्कनको कारण ढिलाई हुने गर्दछ ।

बीमा कम्पनीहरुमध्येमा गत आवको सञ्चालन मुनाफाबाट लाभांश वितरणको निर्णय गर्ने प्रभु इन्स्योरेन्स पहिलो बीमा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस