
काठमाडौं । सानिमा माई हाइड्रोपावरको आठौं वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । सभा सुकेधारा, काठमाडांैमा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिमा सभा गर्ने निर्णय गरेको हो ।
साभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभाको प्रस्तावमा जारी र चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा विविध विषयहरु रहेका छन् ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस ७ गते बन्द रहनेछ । पुस ६ गतेसम्म शेयर किन्ने शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस