aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मुक्तिनाथ विकास बैंकको १८ दशमलव ५३ प्रतिशत लाभाँस वितरण गर्ने प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
मुक्तिनाथ विकास बैंकको १८ दशमलव ५३ प्रतिशत लाभाँस वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सोमबार सम्पन्न साधारण सभाले १८.५३ प्रतिशत लाभाँस वितरण गर्ने पारित गरेको छ ।

पोखरामा सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस र १७.६० बोनस सेयर सहित) १८ दशमलव ५३ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको हाे ।
 
बंैकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेकाे थियो । 

सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । 

सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेको थियो । उक्त वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति पनि गठन गरेको छ । 

सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । 

नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले बताए । 


 

प्रतिक्रिया दिनुहोस