
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पुस २९ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ । होटल्सले साधारणसभा गर्ने निर्णय मंसिर २३ गतेको सञ्चालक समितिको बैठकबाट गराएको हो । साधारण सभाको आव्हान सम्बन्धी सुचना आगामी पुस ८ गते पत्रपत्रिकामा सार्वजनिक गर्ने तयारीमा रहेको होटल्सले मङ्गलबार नेप्सेमार्फत जानकारी गराएको हो ।
यस वर्ष होटल्सले शेयरधनीहरुका लागि १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको आधारमा होटल्सले लाभांश दिनेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ८ गतेदेखि सभाको दिनसम्म बुक क्लोज गर्ने भएकाले लाभांश पाउन पुस ७ गतेभित्र शेयर सुरक्षित गर्नुपर्र्नेछ ।
गत मंसिर २१ गते गठन भएको सांसद अग्नीप्रसाद सापकोटा संयोजकको पाँच सदस्यीय उपसमितिले चार महिना लगाएर तयार पारेको अध्ययन प्रतिवेदनले ४९ वर्षका लागि दिएको जग्गा भाडा सम्झौता भंग गर्न र बजार मूल्यअनुसार जग्गाको मूल्यांकन गरी उचित लाभ तोक्न पनि सरकारलाई निर्देशन दिने गरी समितिसमक्ष सिफारिश पेस गरेको छ।
प्रतिवेदनमा तारागाउँ विकास समितिले होटलमा एक सय ५० रोपनी जग्गाबापत गरेको ३९ प्रतिशतको सेयर लगानीको अनुपात घट्दै नौ प्रतिशतमा झारेकाले यसलाई पुनः सेयर अनुपात कायम गराउन भनेको छ । होटल र विकास समितिबीच २०४९ साल ५ मंसिर मा सम्झौता अनुसार सरकारले होललाई १५० रोपनी जग्कोगा दिएवापत प्रतिरोपनी १० लाख रुपैयाँ मूल्यांकबाट १५ करोड र भवनसहितको सम्पतीको २ करोड गरी जम्मा १७ करोड लगानी गरेको थियो ।
के सुझाव छ प्रतिवेदमा
मन्त्रिपरिषद्लाई निर्देशन दिने
– १५० रोपनी जग्गा तत्काल सरकारका नाममा फिर्ता ल्याउन
– १४८ रोपनी जग्गा हक हस्तान्तरणको सम्झौता रद्द गर्न
– वैदेशिक लगानी ल्याउने क्रममा भएको निर्णय र प्रक्रियाबारे छानबिन गर्न
अख्तियारलाई छानबिन गर्न निर्देशन
– जग्गा गैरकानुनी रजिस्ट्रेसन पास गरिदिएकामा
– जग्गा दिने गरी लिज सम्झौता गरेकामा
– ४० प्रतिशत सेयर ९ प्रतिशतमा झारेकामा
– भवन निर्माणमा अस्वाभाविक खर्च गरेकामा
– छुट्टाछुट्टै लेखापरीक्षण प्रतिवेदन बनाएको विषयमा
– घाटा देखाई सरकारलाई नोक्सानी र आफूलाई लाभ पुर्याएकामा
प्रतिक्रिया दिनुहोस