
काठमाडौं । प्रदेश नं. १ र २ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाको आयोजनामा मंसिर २६, २७ र २८ गते इटहरीमा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान दिएका थिए ।
त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य,अधिकार र जिम्मेबारीको बताएका थिए ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका थिए । साथै सहजिकरणको कार्य इटहरी शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस