aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गाडी पारखीहरूका लागि भित्रियाे कियाको 'मिड-एसयुभी सेल्टोस' नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ पुस २०७६
गाडी पारखीहरूका लागि भित्रियाे कियाको 'मिड-एसयुभी सेल्टोस' नेपालमा

काठमाडौं । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफर रासयभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रिएको छ। कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्र्याएको हो ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सल्टास नेपाल ल्याएको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको थियाे । भारत-६ (Bhaarat-VI) इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो। यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बनेकाे छ ।।

कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीका प्रमुख सहद घिमिरे बताउनहन्छ । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई (BOSE) म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी-कट स्टेरिङ (D-Cut Steering), युभी ग्लास (UVGlass) जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता नभएकाे कम्पनीकाे दावी छ ।

गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर यो गाडी उपलब्ध गराउने कम्पनीको योजना छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके (HTKI एचटिके प्लस (HTK+), एचटिएक्स (HTX), एचटिएक्स प्लस (HTX+) भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । अटो पन्डित्जका अनुसार सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको थियो।

हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस