aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शिखर इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालको रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
शिखर इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालको रेटिङ

काठमाडौं । शिखर इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ ।  कम्पनीले १ बराबर शून्य दशमलव ३ को अनुपातमा रू.३१ करोड ७१ लाख ९३ हजार २००को हकप्रद शेयर निष्कासन गर्नको लागि रेटिङ गराएको हो ।
 इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङले हकप्रदमा लगानी गर्दा यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँद छ । 
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज २८ गते निवेदन दिएको हो । 
विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस