aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भूकम्पले बिगारेको  माथिल्लो भोटेकोशीले बिजुली उत्पादन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
भूकम्पले बिगारेको  माथिल्लो भोटेकोशीले बिजुली उत्पादन थाल्यो

काठमाडौं ।  भूकम्पले क्षति पुर्याएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन शुरु भएको हो ।  

  भूकम्प र बाढीपहिरोलगायत पटकपटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको थियो । हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ ।     
     

प्रतिक्रिया दिनुहोस