काठमाडौं । नबिल बैंक र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको लाभांश पुस ७ गते सोमबारसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।
यी दुबै कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि पुस ८ गते मङ्गलबार बुक क्लोज गर्ने भएका हुन । बुक क्लोजको आधारमा लाभांश प्राप्त गर्न सोमबारभित्र शेयर सुरक्षित गर्र्नुपर्ने भएको हो ।
तारागाँ रिजेन्सी होटल्सले पुस २९ गते साधारण सभा बोलाएको छ । यस वर्ष होटल्सले १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
त्यस्तै नबिल बैंकले पुस २२ गते बार्षिक साधारण सभा गर्दैछ । सो सभाले १२ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन समेत २२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस