
काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको छ । नयाँ कार्यसमितिमा किरण गौतम निवर्तमान अध्यक्ष रहेको छन् भने वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्ष्मा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार मल्ल, सचिवमा केशव प्रसाद दाहाल र कोषाध्यक्षमा दीपक गौतमलाई निर्वाचित गरेको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा श्रीधर भण्डारी, इन्द्रराज सुवेदी, अरुण गिरी, नेत्र प्रसाद ज्ञवाली, राजेन्द्र बम, तुफेल अहमद खाँ, ज्ञानु शाह, नवीनकुमार शाही र केशबराज शर्मा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस