
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस शेयरमको मूल्य समायोजन भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
बोनसपश्चात नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.१६६ दशमलव ३६ तोकेको छ । कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्न पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा र लाभांशका लागि सानिमाले पुस ७ गते बुक क्लोज गरेको छ ।
प्रतिक्रिया दिनुहोस