काठमाडौं । लुम्विनी जनरल इन्स्यारेन्सको साधारणसभा भोलि बुधबार हुनेभएको छ । कम्पनीले १० बराबर २ को अनुपातमा हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत उक्त साधारणसभामा पेश हुँदैछ ।
बीमा समितिको निर्देशनले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पु¥याउनुपर्ने बाध्यता रहेको लुम्विनी जनरल इन्स्यारेन्सले हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको हो ।
बुधबार अमृतभोग , डिल्लीबजार, काठमाडौंमा हुने विशेष साधारणसभामा कम्पनीले अधिकृत पूँजी एक अर्ब रूपैयाँलाई बढाएर एक अर्ब पच्चिस करोड रूपैयाँ पु¥याउने प्रस्ताव सहित हाल कायम चुक्तापूँजीको आधारमा १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।
हाल कम्पनीको ८८ करोड रूपैयाँ चुक्तापूँजी रहेको छ । विशेष साधारण सभा प्रयोजनका लागि वैशाख १५ गते एक दिन बुक क्लोज गरिएकाले वैशाख १४ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन पाउनेछन् । सभामा प्रस्ताव गरिएको हकप्रद शेयरको भने प्रक्रियागत रुपमा जानुपर्ने भएकाले उक्त हकप्रद शेयर प्रयोजनका लागि भने बुक क्लोजपछि गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस