
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले यही पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रदान गर्ने भनेको लाभांश वितरण गर्न उक्त सभा बोलाएको हो ।
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले ४५% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लाने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४५ रुपैयाँका दरले नगद दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव अब साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।
उक्त लाभांश वितरण साथै अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले बाह्रौँ वार्षिक साधारण सभा बोलाएको जनाएकाे छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस