aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ललितपुर महानगरपालिकामा जागिर खुल्याे, १५ दिनभित्र दरखास्त दिनु पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
ललितपुर महानगरपालिकामा जागिर खुल्याे, १५ दिनभित्र दरखास्त दिनु पर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको व्यवस्थापन र सुरक्षाका लागि नगर प्रहरी माग गरेको हो ।

महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्ने महानगरले जनाएको छ । दरखास्त फारम महानगरको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिन्छ ।

नगरप्रहरीका लागि आवश्यक न्यूनतम योग्यता :

– शैक्षिक योग्यता : कम्तीमा ८ (आठ) कक्षा वा सो सरह उत्तीर्ण गरेको ।
– नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।
– राजनैतिक दलको सदस्य नरहेको ।
– भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
– शारीरिक रूपमा तन्दुरुस्त, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नरहेको र गम्भीर अङ्गभङ्ग नभएको स्वधोषणा गर्ने ।
– नेपाली नागरिक

प्रतिक्रिया दिनुहोस