aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेरी रुवाउने भो प्याजले, अत्याधिक मूल्य बढ्ने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
फेरी रुवाउने भो प्याजले, अत्याधिक मूल्य बढ्ने संकेत

काठमाडौँ । अहिले नै बजारमा छोई नसक्नु मूल्य रहेको प्याजको भाऊ फेरी बढ्ने भएको छ ।  भारतको महाराष्ट्रमा भएको वर्षाका कारण यस्तो स्थिति उत्पन्न हुने देखिएको हो । त्यस बाहेक नेपालमा प्याजको आपूर्ति गर्दै आएको मित्र राष्ट्र भारतले प्याज किन्ने गरेको मुलुक टर्कीले अब भारतलाई प्याज नबेच्ने भएको छ । 

हुनत आफ्नै मुलुकमा प्याजको अभाव भएपछी प्याज निर्यातमा पुरै रोक यसअघि नै भारतले लगाइसकेको छ तरपनि खुल्ला नाकको लाभ लिंदै नेपालमा भारतबाट प्याज आपूर्ति पुरै रोकिएको थिएन। अब त्यहि प्याजको चरम अभाव हुने भएपछी नेपालमा समेत प्याजको मूल्य धेरै नै आकाशिने भएको हो ।

अहिले भारतमा भारु ११० रूपयाँको दरले प्याजको कारोबार भैरहेको छ । बिगत चार महिना देखि बढेको प्याजको मुल्यको कारण नेपाल र भारतका भान्सामा रुवाबासी नै छ । भारतमा प्याजको उत्पादन हुन्छ र त्यसपछि मूल्य घट्छ भन्ने आशा अब महाराष्ट्रमा पानी परेपछि पुरै मरेको छ । महाराष्ट्र प्रदेश भारतको सबैभन्दा बढी प्याज उत्पादक प्रदेश हो । त्यसैगरी टर्की विश्वको सबैभन्दा ठुलो प्याज उत्पादक राष्ट्र हो । 

नेपाल सरकारले प्याजको अभावलाई गम्भीरतापुर्वक नलिएको र मुल्य बृद्दीप्रति उदासिन रहेकोले यहाँको बजार पनि प्रतक्ष्य रुपमा भारतीय बजारको प्रभावमा रहँदै आएको छ । नेपाल सरकारले कुनै मुलुकबाट प्याज आपूर्तिको लागि ठोस पहल गरेको छैन । नेपाली बजारमा चीनियाँ प्याज देखिन्छ तर त्यसको स्वादका कारण उपभोक्ताको रुचिमा भने पर्ने गरेको छैन । यदि सरकारले प्याजको आपूर्तिमा कुनै विचार नगर्ने हो भने आम नेपालीले प्याजको स्वाद नै भुल्नु पर्ने अवस्था तआउने होइन भन्ने चिन्ता बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस