aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यस्तो रहेछ, युनियन लाइफ सफल हुनुको रहस्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
यस्तो रहेछ, युनियन लाइफ सफल हुनुको रहस्य

विज्ञान विषयका विद्यार्थी मनोजकुमार कर्ण नेपाली बीमा क्षेत्रका एक स्थापित व्यक्तित्व हुन् । जीवन बीमामा अढाई दशक बिताइसकेका उनी सन् १९९५ मा यो क्षेत्रमा प्रवेश गरेका थिए । हाल युनियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका उनले आफ्नो अनुभवलाई सहि प्रयोग गरेका कारण नै युनियन लाईफ इन्स्योरेन्स नयाँ इन्स्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा अगाडी छ ।

कर्ण भन्छन, ‘पढाईको कुरा एउटा हो, अनुभवको बेग्लै महत्व हुन्छ । मैले धेरैवटा कम्पनीमा काम गरिसकेर निक्कैपछि एलआइसीमा काम गर्दै गर्दा मात्र एमबीए गरेको हुँ ।’ हुन पनि यो क्षेत्रमा लागेपछि उनले कहिले पनि पछाडी फर्केर हेर्नु परेको छैन । भलै उनको यसमा ‘एक्सीडेन्टल इन्ट्री’ थियो । 

झापाको बिर्तामोडमा रहेको नेशनल लाइफको शाखा कार्यालयबाट उनले बीमाको जागिर शुरु गरेका थिए । त्यसपछि काठमाडौंमा युनाइटेड, एलआइसी, एलाइन्स, सूर्या हुँदै उनी हाल युनियनको सिइककको रुपमा सक्रिय छन् । युनियन लाईफ इन्स्योरेन्सको स्थापनादेखि नै यसको सारथी बनेका छन, उनी । 

शुरुवाती दिन सम्झंदै उनी भन्छन, ‘लाइफ, नन् लाइफ दुवै गरिथ्यो त्यो बेला । काम गर्न थालेको मजा आयो ।’ उनले त्यसैलाई सुत्र बनाएका भन्छन, ‘रमाएर काम गर्नु पर्छ । म टेबलमा काम बाँकी राखेर घर जान्न, चाहे राती ९ बजे नै किन नहोस काम सकेर हिंड्छु ।’ आफ्नो त्यो बानी सबै कर्मचारीले समेत अनुसरण गरेको उनको दावी छ । कामको बोझ बोकेर घर नजाने अनि बिहान आउने बित्तिकै हिजोको काम नगर्ने हो भने सबै कम्पनीको प्रगति सजिलै हुन्छ भन्ने कर्णको बुझाईरहेको छ ।

इन्स्योरेन्सको अभिकर्ता बन्नु चुनौतिपूर्ण काम भएपनि यदि सहि र आवश्यक ज्ञान भयो भने यो काम सजिलो हुने उनको कथन छ । युनियन लाइफका कुनै पनि अभिकर्ताहरुले आफ्नो कामलाई बोझिलो नठानेको उनको दावी छ । त्यसो त उनले आफै समेत बसेर अभिकर्तालई सक्षम बनाउने गरेका छन् । 

सरल सिईओ 
आफ्ना कर्मचारीलाई यो अफिस मेरै हो भन्ने अनुभूत गराउनु पर्ने कुरा उनले बुझेका छन् । त्यहि बुझाइको आधारमा आफु ‘हाकिम पल्टने नगरेको’ उनी स–गौरब सुनाउँछन् । हुनपनि वास्तबमै सबैको सहज पहुँचमा छन् उनी । उनको कार्यकक्षमा पस्न त्यत्रो औपचारिकता नै चाहिंदैन । ’बाहिरैबाट हेरेर खाली भए पस्नु भन्ने’ सीइकक हुन, मनोज कर्ण ।  

इन्स्योरेन्सको अभिकर्ता बन्नु चुनौतिपूर्ण काम भएपनि यदि सहि र आवश्यक ज्ञान भयो भने यो काम सजिलो हुने उनको कथन छ । युनियन लाइफका कुनै पनि अभिकर्ताहरुले आफ्नो कामलाई बोझिलो नठानेको उनको दावी छ । त्यसो त उनले आफै समेत बसेर अभिकर्तालई सक्षम बनाउने गरेका छन् । 

सबै शाखा प्रमुख, कर्मचारी र अभिकर्ता समेतको रगतमा बीमा छिराइदिएको उनी बताउँछन् । बीमामा मेहनत नै लगानी हो भन्ने उनले सबैलाई बुझाएका छन् । त्यसैले मेहनत गरे नसोचेको प्रतिफल प्राप्त हुछ भन्छन, उनी । 
कर्णले बुझेको बीमा 

बीमा दुई पक्षबीचको कन्ट्रयाक हो । यसमा बीमीतले  निश्चित रकम तिर्दै जानुपर्छ । करार अवधि नसकिंदै कुनै घटना भएमा वा नभई सो अवधि सकिएमा तोकिएको रकम र बोनस बीमितले त्यसपछि फिर्ता पाउँछ । त्यसैले यो एक प्रकारको बचत पनि हो ।

पोलिसिले के भन्छ, बिचैमा छोड्दा के कस्तो नोक्सान हुन्छ, यसबाट लाभ कसरी हुन्छ, आफुलाई कस्तो जोखिमबाट सुरक्षित राख्न चेको हो त्यो आफुले गर्न लागेको पोलिसिले पुरा हुन्छ वा हुँदैन भन्ने कुरा नबुझी बीमा गर्नु हुँदैन । अभिकर्ताले दवाब दिएकै भरमा बीमा गर्नु नहुने भन्दै बिमितले बुझेर मात्र बीमा गर्न उनि सुझाव दिन्छन् ।

‘बीमा गर्न नचाहने होइनन, पैसा नभएर नगरेका जस्तो लाग्छ किनभने कुरा त सुन्छन् ।’ उनी अगाडी थप्छन, ‘अब हाम्रा अभिकर्ताहरुको जिम्मेवारी यो हो कि बीमाको लागि पैसाको जोहो कसरी गर्ने भन्ने कुरा सम्झाउने ।’

युनियनका अभिकर्ताले भने ग्राहकलाई बुझेर मात्र पोलिसी बिक्रि गर्ने गरेको उनि दावी गर्छन् । तर, नेपालमा धेरै पोलिसी लिएर जाने अवस्था नभएको उनको बुझाइ देखिन्छ । जव आम नागरिकमा बीमा प्रतिको आकर्षण बढ्छ तव मात्र त्यस्तो अवस्था आउने उनी बताउँछन् ।

जनचेतनाको अभाव प्रमुख समस्या 

जनचेतनाको अभाव नै आजको दिनमा समेत बीमाको प्रमुख समस्या रहेको मनोज बताउँछन् । तर, बीमाबारे कुरा सुन्न चाहिँ मानिसहरुले थालेकोबाट उनी आशावादी छन् । ‘बीमा गर्न नचाहने होइनन, पैसा नभएर नगरेका जस्तो लाग्छ किनभने कुरा त सुन्छन् ।’ उनी अगाडी थप्छन, ‘अब हाम्रा अभिकर्ताहरुको जिम्मेवारी यो हो कि बीमाको लागि पैसाको जोहो कसरी गर्ने भन्ने कुरा सम्झाउने ।’

अभिकर्ताले बीमकको वास्तविक आर्थिक क्षमता कति हो भन्ने हेरेर मात्र त्यहि अनुरुपको प्रिमियम पर्ने गरि बीमा गराउन उनि सुझाव दिन्छन् । तर, नेपालमा ओभर इन्स्योरेन्स भने नेपालमा नभए जस्तो उनलाई लाग्ने गरेको छ । बीमा गरेका कारण धेरै मानिसको जीवनमा सहजता आएको उनले आफ्नै आँखाले देखेका छन् । ति तथ्यहरु यदि आम मानिसले थाहा पाउने हो भने बीमाको महत्व सजिलै बुझ्छन् ।

युनियन लाइफको सफलताको कडी 
सबै कर्मचारीहरुको दिन रातको मेहनतलाई नै युनियन लाइफको सफलताको जस दिन्छन, उनी । अर्को प्रमुख कारण भनेको कर्मचारी माथिको विश्वास र उनीहरुलाई दिएको जिम्मेवारी हो । समग्रमा ‘टिम वर्क’ नै त्यो आधार हो जसले युनियनलाई यहाँसम्म ल्याएको हो । 
‘कम्पनी मेरो हो भन्ने भाव सबै कर्मचारीमा छ ।’ मनोज थप्छन,’ म हाम्रो टिम वर्क कति ठिक ढंगले चलिरहेको छ भन्ने वर्णन् म गर्न सक्दिन । यति भन्छु धरै राम्रो छ ।’ 

समय मै सेवा दिने। दावी भुक्तानीको लागि कहिले पनि ढिलो नगर्ने । राम्रा पोलेसी निकाल्ने र ग्राहकलाई सहि कुरा बताएर मात्र पोलिसी खरिद गर्न लगाउने जस्ता कुरा नै युनियन लाइफका बिशेषता रहेको उनि बताउँछन् । युनियनले आफ्नै अनुसन्धानमा आधारित रहेर बिमा योजनाहरु तय गर्ने गरेको छ । 

त्यसबाहेक अभिकर्ताहरुलाई दिने उत्कृष्ट तालिमको पनि सफलतामा महत्वपूर्ण योगदान छ । उनि भन्छन, ‘हाम्रा स्टाप र अभिकर्तामा ज्ञानको त्यति धेरै फरक छैन ।’ 

प्रतिक्रिया दिनुहोस