aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सूचीकृत कम्पनीलाई एजीएमको चटारो, १५ दिनमा ३९ कम्पनीको एजीएम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
सूचीकृत कम्पनीलाई एजीएमको चटारो, १५ दिनमा ३९ कम्पनीको एजीएम

काठमाडौं । नेपाल स्टक एक्चेन्जमा सूचीकृत कम्पनीले पुस महिनासम्म वार्षिक साधारणसभा गर्नुपर्ने बाध्यता छ । त्यही बाध्यताका कारण अहिले एजीएमको चटारो देखिएको छ । 

१५ दिनमा ३९ सूचीकृत कम्पनीले एजीएम गर्दै छन् । अन्तिम समयमा एकैपटक वार्षिक साधारणसभा गर्दा ठाउँको समेत अभाव भएको छ। पुस १५ देखि २९ गतेसम्म कुल ३९ कम्पनीले एजीएम गर्दै छन् । यसबीचमा सबैभन्दा बढी लघुवित्तको एजीएम परेको छ । १५ दिनमा १५ वटा लघुवित्तको एजीएम छ । इन्फिनिटी लघुवित्तले पुस १८ गते, नयाँ नेपालले पुस १९ गते, स्वलम्बनले पुस २० गते, आरएमडीसीले पुस २३ गते, ग्रामीणले पुस २५ गते, किसान, माहुली साना किसान, विजय र घोडाघोडीले पुस २६ गते एजीएम गर्दै छन् ।

यसैगरी स्पर्सले पुस २७ गते, नेरुडे र पुस २८ गते मिर्मिरेले वार्षिक साधारणसभा गर्दै छन् । यो महिनाको अन्तिम दिन अर्थात पुस २९ गते मिथिला र समताले एजीएम गर्दै छन्। पुस १५ देखि २९ गतेसम्म दोस्रो बढी एजीएम गर्नेमा जलविद्युत् कम्पनी छन् । यसबीचमा ८ वटा जलविद्युत् कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् । अरुण काबेलीले पुस १५ गते, सान्जेनले पुस १६ गते, अरुण भ्यालीले २३ गते, बुटवल पावर र युनाइटेड मोदीले पुस २४ गते एजीएम गर्दैछन् । 
यसैगरी, हिमालय ऊर्जाले पुस २५ गते, सानिमाले पुस २७ गते र हिमालयन पावरले २८ गते वार्षिक साधारणसभा गर्दै छन् ।

यसैगरी १५ दिनको बीचमा तेस्रो बढी एजीएम गर्नेमा वाणिज्य बैंक पनि छन् । पुस १५ देखि २९ गतेसम्म ६ वाणिज्य बैंकले वार्षिक साधारणसभा गर्दैछन् । नबिल बैंकले पुस २२ गते, एभरेष्ट बैंकले पुस २३ गते, एनएमबी बैंकले पुस २४ गते, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले पुस २५ गते एजीएम गर्दै छन् । यस्तै कृषि विकास बैंकले पुस २७ गते वार्षिक साधारणसभा राखेको छ ।

त्यस्तै ५ वटा फाइनान्स कम्पनीले पनि पुस १५ देखि २९ गतेसम्म एजीएम गर्दै छन् । पोखरा फाइनान्सले पुस १८ गते, जानकीले पुस २४ गते, प्रोग्रेसिभले पुस २८ गते, युनाइटेड र सिटी एक्प्रेसले पुस २९ गते वार्षिक साधारणसभा गर्दै छन् । २ वटा विकास बैंले पनि यही बीचमा एजीएम गर्दै छन् । कामना सेवा विकास बैंकले पुस १७ गते र कैलाश विकास बैंकले २५ गते एजीएम गर्दै छन् । 

त्यस्तै २ वटा होटलले पनि यही पुसमा एजीएम गर्दै छन् । सोल्टी होटलले पुस २४ गते र तारागाउँ होटलले पुस २९ गते वार्षिक सभा गर्ने भएका छन् ।  उत्पादन तथा प्रशोधन समूहअन्तर्गत पर्ने नेपाल ल्युब आयलले पुस २३ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बीमा कम्पनीको भने यसबीचमा एउटै पनि एजीएम छैन । नेपाल वित्तीय  प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न समय लागेकाले पनि वार्षिक साधारण सभा ढिला भएको बिमा कम्पनीहरुको भनाइ छ । पुस मसान्तभित्र वार्षिक साधारणसभा गर्ने कम्पनीलाई राम्रो मनिन्छ । त्यसैले पनि पुस महिनाभित्र वार्षिक साधारणसभा गर्न सबै सूचीकृत कम्पनीलाई हतारो हुन्छ ।

प्रतिक्रिया दिनुहोस