aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बरुण हाइड्रोपावरको नाफा डेढ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
बरुण हाइड्रोपावरको नाफा डेढ करोड

काठमाडौं । चालू आवको पहिलो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनीले रू. १ करोड ५८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३६ प्रतिशतले वृद्धि भएको हो । 
सो अवधिमा कम्पनीले रू. १ करोड १५ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्ता पूँजी रू. २५ करोड ५१ लाख छ । रिर्जभ कोषमा रू. २ करोड ५६ लाख छुट्याएको हो । चालू आवको पहिलो त्रैमासका कम्पनीले विद्युत विक्री बापत रू. ३ करोड २४ लाख आम्दानी गरेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ०७, मूल्य आम्दानी अनुपात ८ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलप ०७ छ । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१ मा कारोबार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस