aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी जनरलको हकप्रद शेयर पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
लुम्बिनी जनरलको हकप्रद शेयर पारित

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको विशेष सधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । 

बीमा समितिको निर्देशन बमोजिम १ अर्ब चुक्तापूँजी पु¥याउन गत वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्ने कम्पनीको योजना थियो । बीमा कम्पनीहरुको वित्तीय विवरण पनि नेपाल वित्तीय प्रतिवेदन अनुसार वित्तीय तयार गर्नुपर्ने निर्देशन बमोजिम बोनस वितरणमा कठिन हुने अवस्था आएको कम्पनीका अध्यक्ष मनोहर दास मुलले जानकारी दिए ।

 उक्त प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा त्यसबाट वित्तीय विवरणका विभिन्न शिर्षकहरुमा उल्लेखनिय र तात्विक असर पर्न गई योजना बमोजिम बोनसको प्रस्तावलाई संशोधन गर्नुपरेको उनले प्रष्ट पारे ।

कम्पनीले हकप्रद जारी गर्दा कमपनीको पूँजी संरचना समेत संशोधन गर्नुपर्ने भएकाले अधिकृत पूँजी एक अर्ब रूपैयाँलाई बढाएर एक अर्ब पच्चिस करोड रूपैयाँ पु¥याउने प्रस्तावलाई समेत पारित गरेको छ । 

हाल  ८८ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही पूँजीको आधारमा १० शेयर बराबर १ शेयर वितरण गर्न लागेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी. १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । बोनस शेयरको आशमा रहेका लगानीकर्ताहरुलाई हकप्रदमा लगानी गर्न सुझाब दिदै कम्पनीका अध्यक्ष मुलले अर्को वर्षसम्म यसको लगानी उठ्ने प्रतिवद्धता ब्यक्त गरे । 

कम्पनीले आगामी साधारण सभा मार्फत लगानीकर्ताहरुलाई निरास नबनाउने पनि उनले जानकारी दिए । आगामी साधारण सभा पनि असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको रहेको अध्यक्ष मुलको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस