aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इन्धन जोगाऔं अभियानमा आयल निगम, ‘टुर दि पोखरा’लाई साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
इन्धन जोगाऔं अभियानमा आयल निगम, ‘टुर दि पोखरा’लाई साथ

काठमाडौं । इन्धन जोगाऔं प्रकृति बचाऔं भन्ने मुल नाराका साथ नेपाल आयल निगमले साइकल चढ्ने अभियान ‘टुर दि पोखरा’लाई साथ दिएको छ । पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा साइकल चढ्ने अभियानलाई सघाउन साइकल सिटी पोखराले शनिबार पाँचौँ पटक ‘टुर दि पोखरा’ आयोजना गरेको हो ।

साइकल -याली उद्घाटन कार्यक्रममा हरिवंश आचार्यले पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि साइकल उत्तम हुने विचार राखेका थिए । ‘यो कुरा पहिले नै थाहा भएको भए न हाम्रो स्वास्थ्य बिग्रन्थ्यो न वातावरण,’ उनले भने नेपालबाट विदेशमा जाने सबैभन्दा ठूलो अर्थतन्त्र नै स्वास्थ्य र इन्धन भएको बताउँदै राष्ट्रको पैसा बचाउन, स्वस्थ रहन र वातावरण जोगाउन पनि साइकल चढ्न थाल्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धन बचाउने यस्तो कार्यक्रमको सहयात्री बन्न पाउँदा खुशी प्रकट गरेका छन् ।  निगमले इन्धन बेचेर पैसा कमाउने मात्र नभई इन्धन बचाउने अभियानमा पनि जोडिरहेको स्पष्ट पारेका छन् ।   

‘थोपा थोपा इन्धन बचाऔं’ मूल नारासहित प्रकृतिको नगरौंं हरण, आऔं बचाऔं इन्धन, साइकल एक उपयोग अनेक, इन्धन जोगाऔं प्रकृति बचाऔं जस्ता विभिन्न नारा अंकित साइकलमा पोखराका भित्री ठाउँहरुमा ३० किलोमिटरको यात्रा गरि सम्पन्न गरेका हुन् ।

टुर दी पोखराका संयोजक राजन गोंगजुले टुर दी पोखराको मुख्य उद्देश्य भनेकै इन्धनको खपत कम गर्न अभिप्रेरित गर्नु रहेको बताउँदै इन्धनको अत्याधिक प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेकोले त्यसलाई कम गर्दै लैजानुपर्ने बताए ।

कलाकार मदनकृष्ण श्रेष्ठले कुनै समय साइकल गरिबीको चिनारी भए पनि हाल त्यसप्रतिको दृष्टिकोण बद्लिँदै गएको बताए । साइकल चढ्न बढी खर्च पनि गर्नु नपर्ने तथा अहिलेको वातावरण र स्वास्थ्यमा सुधार गर्न समेत साइकलको प्रयोगले अहम् भूमिका खेल्ने उनले बताए । इन्धन कम खर्च गर्ने भएकाले त्यसको महत्व बढ्दै गएको छ उनले भने ।

आयोजक साइकल सिटीका संयोजक राजन गोंगजुले इन्धन बचाउन आवश्यक रहेको भन्दै त्यसका लागि साइकल नै उत्तम उपाय भएको नारा दिने उद्देश्यर्ले याली आयोजना गरिएको बताए । पोखरा सहरलाई साइकल सिटीका रुपमा अघि लैजान पनि हाम्रो प्रयास हो,’ उनले भने ।

साइकल सिटी पोखराले सो कार्यक्रममा सद्भावनादूत घोषित साइकल यात्रीद्वय विशाल गर्बुजा र जमुना थापालाई सम्मान गरेको थियो । शारीरिक अपांगताका बाबजुद् साइकल यात्री भएर प्रेरणादायी भूमिका खेलेको भन्दै गर्बुजालाई सम्मान गरिएको हो ।

हालै सकिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइकल प्रतियोगितामा रजत पदक जित्न सफल जमुना थापालाई पनि सम्मान गरिएको छ । सानै उमेरमा साइकल दौड प्रतियोगिता, ट्रायथोलन लगायतका खेलमा राम्रो प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको हो । 

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट पोखरा रंगशालाबाट उद्घाटन भई सुरु भएर्को यालीमा बालबालिकादेखि प्रौढहरु गरि पाँच सय बढी साइकल यात्रीको सहभागिता रहेको थियो । 
 
 

प्रतिक्रिया दिनुहोस