aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भोलि गुराँस लघुवित्तको आईपीओ बाँडफाँड हुने, कति जनालाई पर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
भोलि गुराँस लघुवित्तको आईपीओ बाँडफाँड हुने, कति जनालाई पर्ला ?

काठमाडौं, वैशाख २५ । करिब २३ गुणा बढी आवेदन परेको गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओ बिहीबार बाँडफाँड हुने भएको छ । 
सर्वसाधारणका लागि २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री खुलाइएकोमा २ लाख ८७ हजार ३८२ जना आवेदकबाट ५३ लाख २७ हजार ४८० कित्ता अर्थात २२.८० गुणा बढी आवेदन परेको थियो । ३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएकाले यसको क्रेडिट रेटिङ गरिएको छैन । आईपीओ बाँडफाँडपछि  कम्पनीको चुक्ता पुँजी ७ करोड ७५ लाख पुग्नेछ । चालू आवको  तेस्रो त्रैयमासम्म कम्पनीले ६९ लाख ७ हजार नाफा कमाएको छ । 
 

प्रतिक्रिया दिनुहोस