aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम

 काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलबार रहेको छ । मंगलबार सिन्धु विकास बैंक, नेपाल सेवा लघुवित्त ,ज्योती विकास बैंक,गुडवील फाइनान्स र समीट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन  हो ।

 शेयरधनीले लाभांश पाउनको लागि मंगलबारसम्म शेयर खरिद गरेकाले मात्र उक्त लाभांश पाउने छन । यी पाँचै कम्पनीले आगामी पुस २९ गते साधारणसभा गर्दै छन् । साधारण सभा र लाभांश प्रयोजनका लागि बुधबारदेखि बुक क्लोज गर्नेभएकाले मङ्गलबारनै शेयर कायम गर्नुपर्ने भएको हो ।

यस वर्ष सिन्धु विकास बैंकले शेयरधनीलाई ११ दशमलव ५१ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । त्यस्तै गरी नेपाल सेवा लघुवित्तले २ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १२५ प्रतिशत नगद लाभांश,ज्योती विकास बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको  छ । 

गुडवील फाइनान्सले १० प्रतिशत नगद लाभांश र समीट माइक्रोफाइनान्सले २१ दशमलव ०९ प्रतिशत बोनस शेयर र १ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीहरुले उल्लेखित लाभांश प्राप्त गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस