aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

करण जौहरसंग किन रिसाए अक्षय कुमारका प्रशंसक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
करण जौहरसंग किन रिसाए अक्षय कुमारका प्रशंसक ?

एजेन्सी । बलिवुड अभिनेता अक्षय कुमारका प्रशंसक निर्देशक निर्माता करण जौहरसंग सोमबार बिहानै देखि रिसाइरहेका छन् । उनीहरु यति आक्रोशित छन् कि सामाजिक संजालमा उनि बिरुद्धको आक्रोश ट्रेन्डमा छ 

करणले सोमबार बिहानै अक्षयको फिल्म 'गुड न्युज'को तीन दिनको कमाईबारे एक ट्विट गरे ।  जसमा उनले सो फिल्मले तीन दिनमा ६४.९९ करोड कमाइ गरेको बताएका थिए । यहि कुरालाई लिएर अक्षयका फ्यानहरु रिसाएका हुन् । करणले फिल्मले कमाए भन्दा घटाएर आंकडा सार्वजनिक गरेको उनीहरुको आरोप छ ।

करणले ट्वीटमा 'गुड न्यूज' फिल्मले पहिलो दिन १७.५६ करोड भारु, दोस्रो दिन २१.७८ करोड र तेस्रो दिन २५.६५ करोड कमाइ गरेको लेखेका थिए । अक्षय कुमार, करीना कपूर, दिलजीत दोसांझ र कियारा आडवाणी अभिनित यो फिल्म करण कै धर्मा प्रोडक्शनले निर्माण गरेको हो।

आफ्नै कम्पनीले निर्माण गरेको फिल्म भएपनि करणले जानीजानी अक्षय कुमारको सिनेमाले कम कमाइ गरेको देखाएको उनिहरुली आरोप लगाएका छन् । कमाइ घटाएर आंकडा पेश गर्नु नै उनीसंग रिसाउनुको प्रमुख करण हो । 

ट्विटमा ट्रेन्डमा रहेको बिरोधमा 'करण कम आंकडा बताउन बन्द गर' भन्ने उल्लेख छ । अक्षय कुमारमा प्रशंसक चर्चित फिल्म समीक्षक तरण आदर्शले बताएको आंकडाको तुलनामा करणले कम देखाएपछि रुष्ट बनेका हुन् । तरण आदर्शले सोमवार नै गरेको एक ट्वीटमा 'गुड न्यूज'को  तीन दिनको कमाई ६५.९९ करोड रहेको उल्लेख गरेका थिए । जवकि करणले एक करोड कम मात्र लेखे ।

सामाजिक संजालमा एक करोडको फरकलाई बेइमानी बताइएको छ । अर्का समीक्षक कौशिक एलएमले पनि गुड न्यूजले  ६६ करोड भारु कमाइ गरेको बताएका छन् । तरणका अनुसार यो वर्ष अक्षयका फिल्महरु मध्ये केसरीले ७८ करोड, मिशन मंगलले ९७ करोड, हाउसफुलले 53 करोड कमाइ गरेका छन्। (बिबिसी हिन्दीको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस