aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टिभिएस १२५ सिसि मोटरसाइकल २,३९,९०० मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
टिभिएस १२५ सिसि मोटरसाइकल २,३९,९०० मा

काठमाडौं ।  टिभिएस टु ह्वीलर टिभिएस ब्राण्डको एक अर्को श्रृंखला टिभिएस म्याक्स सेमी ट्रृेल १२५ सिसिको मोटरसाइकल विक्रि शुरु गरेको छ । कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हालको पिपिएल च्याम्पियन टिम चितवन राइनोज का कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरेका छन । 

 पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेलपछि उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको जानकारी गराउनु भएको हो ।

यो मोटरसाईकलको विशेषता भन्नुपर्दा अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी हो जसर्ले बाटोघाटो जस्तै अवस्थाको भएपनिचलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले पिरोल्दैन भनें जति नै लामो समय चलाए पनि थकाई नलाग्ने विषेता भएको कम्पनीको दावी छ । नेपालको अवस्थालाई मध्यनजर राखेर जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस ब्राण्डको यो नयाँ १२५ सिसिको म्याक्स मोटरसाइकलउपलब्ध गराएको हो ।

टिभिएस म्याक्स सेमी ट्रृेलमोटरसाइकलको निर्माण अत्याधिकपावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमा उपलब्ध अन्य मोटरसाइकलहरुको तुलनामा अत्यन्त शक्तिशाली, लागत बचत, अधिकम जबुत लगायत अन्य थप विशेषताहरुले भरपूर कम्पनीले जनाएको छ। 

 १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ । यो टिभिएस म्याक्स सेमी ट्रृेल  देशभर रहेका टिभिएस शो रुमहरुमा उपलब्ध गराइएको छ र हाल यसको बजार मूल्य रु.२,३९,९००÷ कायम गरिएको छ । बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस