
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज कम्पनी (नेप्से)ले मंगलबार ८ कम्पनीकाे सेयर मूल्य समायोजन गरेकाेको छ । नेप्सेले किसान, मिथिला, उन्नति, फरवार्ड लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको छ । साथै आइसीएफसी र मञ्जुश्री फाइनान्स र छ्याङ्दी हाइड्राेपावरकाे पनि मंगलबार नै मूल्य समायोजन गरेकाे छ ।
किसान माइक्रोफाइनान्सको २३.९५% बोनस सेयरपछि ६६९ रुपैयाँ ६२ पैसा भाउ निर्धारण भएको छ । यसैगरी, मिथिलाको १५% बोनस सेयर समायोजनपछि नेप्सेले ४६६ रुपैयाँ ०९ पैसा मूल्य तोकेको छ ।
आइसीएफसी फाइनान्सको ५% बोनस सेयर पछिको भाउ १५२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । त्यस्तै, मञ्जुश्री फाइनान्सको पनि १.७५% बोनस सेयर पछिको मूल्य १३९ रुपैयाँ ५६ पैसामा आएको छ ।
यही भाउलाई आधार मानेर मंगलबार दुवै फाइनान्सको सेयर कारोबार खुला भएको छ । यी कम्पनीले साधारण सभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गरेका हुन् । सोमबारसम्म सेयर किन्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् ।
यता, उन्नतिको ३८.६०% बोनस सेयर पछिको मूल्य ६३३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । त्यस्तै, फरवार्ड लघुवित्तको ३२.५०% बोनस सेयरपछिको मूल्य १०५२ रुपैयाँ ०८ पैसामा आएको छ । यही भाउलाई आधार मानेर मंगलबार ४ लघुवित्तको सेयर कारोबार खुलेको छ । यी कम्पनीले साधारण सभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गरेका हुन् । सोमबारसम्म सेयर किन्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् ।
यसैगरि छ्याङ्दी हाइड्राेपावरकाे ५ प्रतिशत बाेनश शेयरकाे ८९ रूपैयाँ ५२ पैशा मूल्य निर्धारण गरेकाे छ ।
त्यस्तै, उन्नति र किसान लघुवित्तको कारोबार नेप्सेमा रोक्का छ । मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्स एकआपसमा गाभिने सम्झौता गरेसँगै कारोबार रोकिएको हो । यसैगरी, उन्नति माइक्रोफाइनान्सको पनि सेयर कारोबार रोक्का भएको छ । सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि यसको पनि कारोबार रोकिएको हो ।
प्रतिक्रिया दिनुहोस