
काठमाडौं, वैशाख २५ । नाडेप लघुवित्त वित्तीय संस्थाको भोलि बिहीबार साधारणसभा हुँदैछ । कम्पनीले सभामा १६.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव राख्ने एजेन्डा रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस