aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पैसा पाए घर जान्छु, नभए यतै मर्छु : रामविलास

  • मानमती पन्त
    मानमती पन्त
  • मंगलबार, १५ पुस २०७६

काठमाडौं । 'बहुमतको सरकार कसको हो, किसानको हो कि माफियाको ?’ सर्लाहीका उखु किसान ६० वर्षिया रामविलासको महतोको प्रश्न हो, यो । गुलियो उखुले जीवनमा तीतो स्वाद दिएपछि पीडा सुनिदिने कोही भएनन् उनका लागि । र, व्यथा सुनाउन अहिले काठमाडौँमा छन् । 

मुलुक संघीय व्यवस्थामा गएपछि तीनतहका सरकार पाएका छन, नेपाली जनताले । 'गाउँमा सिंहदरबार पुगेको’ भाषण सुनेको पनि धेरै भो सर्वसाधारणली तर,  रामविलासले त्यो महशुस गर्न सकेनन् । र, आखिर सिंहदरबार खोज्न थानकोटको डाँडो छिचोलेको आएका उनी त्यो दरबारको नाकै मुनी माइतीघर मण्डलामा उभिएर उल्लेखित प्रश्न गर्दैछन् । 

बिगत १७ दिनदेखि आन्दोलनमा छन, उखु किसान । तर, सरकार आशको भाँडो  मात्र बनेको छ । त्यसैले त उनि भन्न बाध्य छन्, 'रातको निद्रा र दिनको भोकको वास्ता छैन मलाई । बर्षभरिको आश अनि भरोसा थियो, त्यो नि डुबायो सरकारले ।’ 

बिगत ४१ बर्षदेखि उखु खेतीगर्दै आएका रामविलासको पिडा आम उखु किसानको हो । चार बर्षदेखि आफ्नो पसिनाको कमाई नपाएपछि न्यायमाग्न सर्लाहीबाट काठमाडौं आएका हनन्, उनी ।  मिल मालिक र सरकार मिलेर किसानको शोषण गरेको उनको बुझाई रहेको छ । 

अन्नपुर्ण चिनिमिल धनकौल र महालक्ष्मी सुगर प्रा.लि. बगदहले उखू किसानको भुक्तानीको लागि कुनै मतलव गरेको छैन । यता किसानको बिरह यस्तो छ('किसान भएर जन्मिए तर कहिल्यै घाम पानी नभनी उखु खेतीमा लागिरहेँ । तीनवर्षदेखि उखुको भुक्तानी नपाउँदा गाउँको साहुँको ऋणमा त परियो नै त्यसको ब्याज  बढेर सावाँ रकमको डबल भएको छ ।’ 

’ज्याला गरेर दैनिक २ सय ५० रुपैयाँ कमाउने मैले कसरी साहुको लाखौ रुपैँया ऋण तिर्नु’  सुस्केरा सहितको उनको प्रश्नको शायद जवाफ कसैसंग छैन । उनी भन्छन, ’मेरो रगत पसिनाको कमाइ वर्षौ देखि मिल मालिकसँग छ, साहुलाई के दिने? कसरी दिने ? आफुसंग सुको छैन । आफ्नो निजि १० कठ्ठा जमिन र  १० कठ्ठा ठेक्कामा लिएर उखु खेतीगर्दै आएको छु ।’ 

एक कठ्ठामा उखु खेतीगर्न ३ हजार रुपयाँ खर्च लाग्छ, यसरी एक बिगाह जमिनमा उखु खेतीगर्दा उनको लगभग ६० हजार खर्च हुने गरेको छ । त्यहि उखु बेचेर ११ जनाको परिवार पाल्नु छ, उनले । रामविलासले उखुखेतीकै लागि भनेर केहीवर्ष अघि गाउँ कै साहुबाट ३६ प्रतिशतका दरले २ लाख ऋण लिएका थिए । त्यो चुक्ता गर्ने कुनै उपाय बाँकी छैन मिल मालिकबाट पैसा लिने बाहेक । त्यसैले भन्छन्, 'पैसादिए घर जान्छु नभए यतै मर्छु ।’ 

सुखलाल सहनीको पिडा पनि त्यस्तै छ । दुई बर्षदेखि उखुको भुक्तानी नपाउदा निराश देखिएका छन् । उनले १ लाख ६५ हजार भुक्क्तानी लिन बाकिं छ । उनी भन्छन, ’चिनीमिल संचालन गर्दा किसानलाई लोप देखाएर भुक्क्तानी दिने वचनवद्धता  गराउछन, अन्त्यमा हामी पैसा नै पाउदैनौ ।’ सलार्हीका उखु किसानको अन्नपूर्णले ६० करोड रुपैयाँ र महालक्ष्मीले २१ करोड  भुक्क्तानी गर्न बाँकी छ ।
 

प्रतिक्रिया दिनुहोस