
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीे पुस १६ गते बुधबार नवौ वार्षिक साधारण सभा बोलाएको छ । सभा विहान ११ बजे स्मार्ट क्याफे धुम्वाराही काठमाडौंमा सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगाएत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि बुक क्लोज गरेकाले पुस ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस