
काठमाडौं । हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने पुस १६ गते बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीले यस वर्ष शेयरधनीहरुका लागि १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस