
काठमाडौं । जलविद्युत विज्ञ तथा अरुण काबेली पावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेले आत्तिएर सस्तोमा शेयर नबेच्न शेयरधनीहरुलाई आग्रह गरेका छन् । मङ्गलबार अरुण काबेली पावरको नवौं वार्षिक साधारणसभामा बोल्दै न्यौपानेले पित्तलको भाउनमा विक्री भईरहेको शेयरको मूल्य सुनको भाउ कायम हुने आधार तयार भईरहेको बताएका हुन ।
उनले पछिल्लो समय जलविद्युत कम्पनीहरुको पनि नियमन गर्ने निकाय विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुको लाईसेन्सको अवधि ३५ वर्षदेखि बढाएर ५० वर्ष पु¥याउने योजना रहेको बताए ।
सर्वसाधारण शेयरधनीहरुलाई २०७३ साल पुस ५ गते शेयर बाँडफाँट गरेको कम्पनीले आगामी वर्षदेखि लाभांश खुवाउने समेत जानकारी गराए । यो कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा २०७४ साल वैशाख ३ गतेदेखि कारोबार सुरु भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई २०७३ साल पुस ५ गते शेयर बाँडफाँट गरेको थियो ।
यस कम्पनीले पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदिको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत परियोजनाको निर्माण सम्पन्न गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । यस परियोजनाबाट बार्षिक रू. १४ करोड १७ लाख ४६ हजार ४७० किलावाटघण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस