
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुका लागि १० दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश बीमा समितिको स्विकृति र कम्पनीको आगामी २६औं साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस वितरण पश्चात उक्त पूँजी १ अर्ब ७ करोड ८५ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस