aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिर्जना फाइनान्सकोे १८ औं साधारण सभा माघ ११ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ पुस २०७६
सिर्जना फाइनान्सकोे १८ औं साधारण सभा माघ ११ मा

काठमाडौं । सिर्जना फाइनान्सले अठारौं वार्षिक साधारण सभा माघ ११ बोलाएको छ । कम्पनीले उद्योग संगठनको सभाकक्ष, विराटनगरमा माघ ११ गते बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले सो मितिमा सभा गर्ने निर्णय गरेको हो । 


कम्पनीले सभामा हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।


साधारण सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, अन्य कुनै एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा विविध विषयहरु रहेका छन् । 
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका माघ ३ गतेदेखि साधारण सभा नभएसम्मका लागि बन्द हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस