aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पिपिएलका उत्कृष्ट खेलाडीलाई टिभिएस अपाचे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ पुस २०७६
पिपिएलका उत्कृष्ट खेलाडीलाई टिभिएस अपाचे

कास्की । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येकोे पिपिएलमा उत्कृष्ठ हुने खेलाडीलाई टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गरेको ।  प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कम्पनीका उपाध्यक्ष  दीपक अग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरेका थिए । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सी. प्रत्येकले एक एकवटा टिभिएस अपाचे RTR 200 4V अपाचे 160 4v अपाचे   160 2V  पाएका छन् ।

उत्ृकष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेपछि जगदम्बा मोटर्सका  उपाध्यक्ष अग्रवालले भने ”वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।’ पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस