aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रिमियर इन्स्योरेन्समा तिमिला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
प्रिमियर इन्स्योरेन्समा तिमिला

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओमा विश्वराम तिमिला नियुक्त भएका छन् । प्रिमियर इन्स्योरेन्समा सुद्युम्नउपाध्ययको कार्यकाल सकिएपछि खालि रहेको प्रमुख कार्यकारी अधिकृत पदमा इन्स्योरेन्सको सञ्चालक समितिले तिमिलालाई नियुक्त गरेको हो । 

सञ्चालक समितिले विहीबार पठाएको तिमिलाको नियुक्ती बिहीबार स्वीकार गरेको हो । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो ।

तिमिल नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदका कार्यकाल सकिएर कुलिङ पिरियडमा थिए । उनलको ६ महिनाको कुलिङ पिरियड सकिएकाले उनललाई प्रिमियरको सञ्चाकल समितिले प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । करिब ४ दशकदेखि बीमा क्षेत्रमा छन् । 

प्रतिक्रिया दिनुहोस