
काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले Vehicle Consignment Tracking System (VCTS) व्यवसायीको हितका लागि ल्याइएको बताएका छन् । विहीबार नाडाका पदाधिकारीसँगको भेनमा पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको (VCTS) व्यवसायीहरु कै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताएका हुन ।
उनले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भए पछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरु कै सहजताको लागि अशोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको समेत जानकारी दिएका थिए । सोहि छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले (VCTS) बारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे बताए ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस