
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट नेपाल (आइआइएन)को नयाँ सञ्चालक समिती चयन भएको छ । जसको अध्यक्षमा बिमा समितीको कार्यकारी निर्देशक राजुरमन पौडेल दोहोरीएका हुन् ।
सदस्यहरुमा जीवन लाइफ बिमाको तर्फबाट नेपाल लाईफ इन्स्योरेन्सका सिइओ विबेक झा निर्वाचित भएका छन् । त्यसैगरि जीवन बिमा कम्पनीको तर्फबाट सुर्य लाईफका सिईओ शिवनाथ पाण्डे चयन भएका छन् । नेपाल इन्स्योरेन्सका सिइओ विजयबहादुर शाह र शिखर इन्स्योरेन्सका दिप प्रकाश पाण्डे सदस्य भएका छन् ।
शुक्रबार सम्पन्न साधारणसभाबाट एक करोड चुक्क्ता पुँजी रहेको सो कम्पनीको चुक्क्ता पुँजी ५ करोड पुर्याउने निर्णय समेत भएको छ । नयाँ सञ्चालक समितीको कार्यकाल चार वर्ष हुनेछ ।
प्रतिक्रिया दिनुहोस