aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुहेश्वरी मर्चेण्टको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
गुहेश्वरी मर्चेण्टको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने पुस २१ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा र प्रस्तावित लाभांश प्रयोजनका लागि मङ्गलबार बुक क्लोज गर्न लागेकाले सोमबारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

गुहेश्वरी मर्चेण्टले यस वर्ष ६ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

बुक क्लोजको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । हाल रू. ८० करोड चुक्तापूँजी रहेको यो कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू.८ दशमलव १८ छ ।
 

प्रतिक्रिया दिनुहोस