
काठमाडौं । अल्फा बिटाले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ । अल्फा बिटाले पुस २५ गते शुक्रबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म नयाँ बानेश्वोरस्थित अल्फा बिटाको आफ्नै भवनमा अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको हो ।
अष्ट्रेलियामा अध्ययन गर्ने नेपाली विद्यार्थीको आकर्षण बढिरहेको बेला अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको जनाईएको छ ।
मेलामा अष्ट्रेलियाका २० उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाइ हुने कोर्षलगाएतका विषयमा सही सुचना पाउनेछन् । मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बडले गर्दैछन् ।
सहभागी विद्यार्थीले सो दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस तथा पिटिइ तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरिनुका साथै प्रत्येक घण्टा लक्की विनर घोषणा गरिनेछ । मेलामा एक हजार पाँच सयदेखि दुइ हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस