
काठमाडौँ । नाडाले फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग छलफल गरेको छ ।
छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नु पर्ने कुरामा जोड दिएका थिए । त्यसको लागि नाडाले आवश्यक वातावरण तयार गरिदिनु पर्ने उनको धारणा थियो । सोहि क्रममा उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखेर क्यियरेन्स एजेण्टको काम समेतको तिनै मार्फत गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए। नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको समेत उनले बताए ।
नाडाका अनुसार छलफलको क्रममा उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजिकरण भएकोमा जोड दिएका थिए । त्यसैगरी उनले साफ्टा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउदै नाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा राखेका छन् ।
उनले नाडासंग गरिएको समझदारीलाई आफना सवै सदस्यहरुमा पुर्याउनु पर्ने, व्यवसायको सुद्धिकरण आफैबाट शुरु गर्नु पर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नुपर्ने पनि धारणा राखे ।
नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको १० सदस्यीय नाडा प्रतिनिधि मण्डलले दाहालसंग छलफल गरेको थियो । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रति, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस