aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वोमी लघुवित्तले २६ प्रतिशत लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
वोमी लघुवित्तले २६ प्रतिशत लाभांश दिँदै

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजन सहित ६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले ५ करोड ५ लाख १५ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र नगदमा १ करोड ५१ लख ५४ हजार ५६० रुपैयाँ खर्च गर्ने भएको छ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाउने छ । 

हाल वोमीको चुक्ता पुँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३० करोड ३० लाख ९१ हजार २०० रुपैयाँ पुग्नेछ । 
 
वोमी र नागरिक लघुवित्तले मंसिर ३० गतेबाट एकीकृत कारोबार समेत सुरु गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस