aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक हजार नायब सुब्बाको विज्ञापन खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
एक हजार नायब सुब्बाको विज्ञापन खुल्दै

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्बा स्तरका एक हजार पद रिक्त छ। 

प्रतिक्रिया दिनुहोस