aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पुस २३ देखि २५ गतेसम्म सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
पुस २३ देखि २५ गतेसम्म सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’

काठमाडौं । नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म 'विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछ । त्यसैगरी, एसडीटी

डायग्नोसिसमा उहाँहरुले ५० प्रतिशत पाउनेछ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट हुने जनाएको छ ।

सुजुकीको 'विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस