
काठमाडौं । सरकारले ट्याक्सीको इन्जिन क्षमताको मापदण्ड बढाएको छ । यातायात व्यवस्था विभागले हालसम्म इन्जिन क्षमता ८ सय सीसी भएको ट्याक्सी दर्ता गर्दै आएकोमा मंसिर ३ गते देखि १२ सय सीसी इन्जिन क्षमताभन्दा कमको ट्याक्सी दर्ता गर्न नपाउने व्यवस्था ल्याएको हो । सो मापदण्ड महिनौ दिन पुग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।
सार्वजनिक यातायात सुधार अभियन्ता प्रेम बहादुर थापाले पूरानो ट्याक्सी व्यवसायी मात्र मौलाएको आरोप लगाएका छन् । यातायात व्यवस्था विभाग ट्याक्सी दर्ता नखोल्ने, ट्याक्सी व्यवसायी संख्या बढाउन नदिने र सरकार ट्याक्सी व्यवसायसित डराउने आरोप लगाएका छन् ।
पूरानो व्यवसायी मात्र मौलाएको ट्याक्सीको संख्या नबढाउने सिन्डिकेट लगाइरहने गरेको बताए । यातायात व्यवस्था विभागले ट्याक्सी दर्ता २०७२ चैत २१ देखि हालसम्म नखोलेको थापाले बताए ।
ट्याक्सीको इन्जिन क्षमता बढाउनु पर्नेमा सकारात्मक देखिए पनि २० बर्ष पूरानो स्क्रयाव गरेर नयाँ दर्ता गर्नेमा भने सकारात्मक देखिएका छैन । यदि पूरानालाई मात्र स्क्रयाव गरेर १२ सीसीका ट्याक्सी बनाउने हो भने नयाँ ट्याक्सी संख्या पनि नबढ्ने पूरानै व्यवसायी मात्र मौलाउने बताए ।
थापाले २८ बर्षदेखि ८ सय सीसीका मात्र ट्याक्सी सञ्चालनमा आएको बताए । ति ट्याक्सीमा पनि ७ सय ९६ सीसी मात्र रहेको बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार ट्याक्सीको इन्जिन क्षमताको मापदण्ड बढाउने कुरा सरोकारवालालाई मन परेन भन्दैमा यसलाई परिर्वतन गर्न नमिल्ने प्रष्ट पारेका छन् ।
विभागको ट्याक्सीको सीसी बढाउने निर्णय एकदमै सकारात्मक रहेको दाबी गर्छन् । कानुन हो कसैले परिवर्तन गर भन्ने बितिक्कै परिवर्तन गर्न सकिदैन् यसमा ढुक्क रहन समेत आग्रह गरे ।
उपभोक्तालाई मध्य नजर गरेर विभागले १२ सय सीसी क्षमताका ट्याक्सी संचालनमा ल्याउन लागेको हमालले बताए । नेपाल भ्रमण बर्ष २०२० लाई आधार मानेर विभागले ट्याक्सीको सिसी क्षमतालाई पनि विशेष महत्व दिएका हौ ।
विदेशबाट आएका पर्यटकलाई लोभ्याउनको लागि र उनीहरुको यात्रामा कुनै समस्या नआउन ट्याक्सीमा सिसी क्षमता बढाएको हमालले जानकारी दिए ।
उनले भने ‘यस अघि पनि पर्यटकलाई सेवा दिन ठुला इन्जिन क्षमताको ट्याक्सी संचालन गर्नुपर्ने माग विभिन्न समयमा उठ्दै आइरहेका थिए । ८ सय सीसीको ट्याक्सीले गुणस्तरीय र उपत्यका बाहिर सेवा दिन नसक्ने भन्दै विभागले १२ सय सीसीभन्दा माथिका ट्याक्सी मात्र दर्ता गर्न पाउने व्यवस्था गरेको हो ।
नयाँ ट्याक्सी १२ सय सिसी क्षमताका हुने छन् भने पूराना पहिले कै मा संचालन हुने बताए । यातायातमा पूरानै सिसीमा ट्याक्सी संचालन गरे समय समयमा अवरोध र्सिजना हुन्छ । विभागले ठूला इन्जिन क्षमताको ट्याक्सी सञ्चालनमा ल्याउने भन्दै २०७५ असोजमा पूराना ट्याक्सी स्क्रयाव गरेर नयाँ दर्तामा रोक लगाएको थियो । व्यवसायीको दबावमा २०७५ पुस १८ गते विभागले उक्त निर्णयबाट पछि हटेको थियो तर फेरि २०७५ कै चैतमा ट्याक्सी सेवालाई गुणस्तरीय बनाउने भनेर मापदण्ड तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको थियो ।
कम्पनी सारथिका संस्थापक रवि सिंहालका अनुसार आफ्नो कम्पनीमा आबद्ध ३५ सय ट्याक्सी छन् तर १२ सय सीसीमा एउटा पनि दर्ता भएको छैन । यातायात व्यवस्था विभागबाट ट्याक्सीको मापदण्ड सम्बन्धी परिपत्र जारी भएको छ । हाम्रो कम्पनी पनि सोही इन्जिन क्षमता बढाउनेमा सोचिरहेको छौ । उनले भने ‘पर्यटकलाई घुमाउन ठूला क्षमताको ट्याक्सीको आवश्यक पर्ने भएकोले नै सरकारले ट्याक्सीको मापदण्ड बढायो । त्यसमा कसैले मन दुखाउनु हुदैन ।’
इन्जिन क्षमता बढेसंगै लागत पनि बढ्छ । सेवाग्राहीको सेवा सुविधासंगै ट्याक्सी भाडामा पनि वृद्धि हुने सिंहाल बताउछन् । हाल सारथि ट्याक्सीको ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ । यो ट्याक्सी खाल्डाखुल्डीमा राम्रोसंग चल्न सक्दैन । यी ट्याक्सी उपत्यका बाहिर जान चाहाने पर्यटकलाई सेवा दिन नसक्ने अवस्थामा छन् । त्यसैले पर्यटकलाई घुमाउनको लागि अनि यात्रुको सहजताको लागि पनि सीसी बढाउन जरुरी रहेको सिंहालले बताए ।
प्रतिक्रिया दिनुहोस